उच्च फर्ममा नेपाल, विजयी यात्रा रोक्ने योजनामा मलेसिया

उच्च फर्ममा नेपाल, विजयी यात्रा रोक्ने योजनामा मलेसिया

केन्द्रबिन्दु
0
Shares

एसिया कपमा भारत र पाकिस्तानजस्ता विश्व क्रिकेटका महारथी टोलीसँग खेल्ने सपनासहित नेपाली क्रिकेट टोली मंगलबार एसिसी प्रिमियर कप अन्तर्गत मलेसिया विरुद्ध टियु मैदानमा उत्रदै छ । 

हालसम्म नेपालले मलेसियाविरुद्ध भएका १० भेटमा ९ खेल जितेको छ भने १ खेल मात्रै मलेसियालाई सुम्पिएको छ ।

१० टोली सहभागी प्रिमियर कपमा नेपाल समुह विजेता बन्दै सेमिफाइनल पुग्ने योजनामा हुनेछ । प्रतियोगिताको उपाधि जित्ने टोली आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एकदिवसीय एसिया कपमा छनौट हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा नेपालले मंगलबार चिरप्रतिद्वन्द्वी मलेसियाविरुद्ध घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ । हालसम्म नेपालले मलेसियाविरुद्ध भएका १० भेटमा ९ खेल जितेको छ भने १ खेल मात्रै मलेसियालाई सुम्पिएको छ । ती १० खेलमध्ये नेपालले मलेसियाविरुद्ध ८ वटा टी–२० र एउटा ३० ओभरको खेल जितेको हो । 

एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेसियाले नेपाललाई ठुलो चुनौती दिने सम्भावना न्युन रहेको क्रिकेट पण्डितहरु बताउँछन् । 

मलेसियाविरुद्ध नेपालको खेल इतिहास बलियो भएकाले मंगलबारको खेलमा नेपाल ठूलो अन्तरले विजयी हुने अपेक्षामा हुनेछ । यस्तै मलेसिया पनि नेपालविरुद्धको हेड टु हेड रेकर्डमा सुधार ल्याउदै नेपालको उच्च फर्म तोड्ने योजनामा मैदान उत्रनेछ । तर घरेलु मैदानमा नेपालको जितको लय पनि निकै राम्रो भएकाले मलेसियालाई सहज भने पक्कै छैन । एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेसियाले नेपाललाई ठुलो चुनौती दिने सम्भावना न्युन रहेको क्रिकेट पण्डितहरु बताउँछन् ।

टीयू क्रिकेट मैदानमा सबैभन्दा धेरै विकेट स्पिन बलर सन्दीप लामिछानेले लिएका छन् ।  

भनिन्छ, टीयू क्रिकेट मैदान ब्याट्सम्यान र स्पिन बलरका लागि निकै राम्रो छ । यस मैदानले ब्याटरलाई रन बनाउन निकै सहयोग गर्छ । यस मैदानमा वर्ल्डकप लिग–२ अन्तगर्त युएईले नेपालविरुद्ध ३१० रन बनाएको थियो । यस्तै नेपालले पनि सोही मैदानमा नेदरल्याण्डविरुद्ध टि–२० खेलमा २३८ रन बनाएको थियो । यस्तै टियू मैदानले स्पिनरलाई पनि निकै साथ दिन्छ । सो मैदानमा एकै इनिङ्समा सबैभन्दा धेरै विकेट स्पिन बलर सन्दीप लामिछानेले लिएका छन् । उनले अमेरिकाविरुद्ध एकदिवसीय खेलमा १६ रन दिएर ६ विकेट लिएका थिए । 

नेपालले तीन खेल कीर्तिपुर मैदानमा खेल्नेछ । थप एक खेल मुलपानी मैदानमा ।

यही प्रतियोगिताबाट अर्को मुलपानी क्रिकेट मैदान पनि सञ्चालनमा आउँदैछ । मुलपानी मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय खेल हुन लागेको हो । प्रिमियर कपको समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेविया छन् । यस्तै समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । नेपालले तीन खेल कीर्तिपुर मैदानमा खेल्नेछ । थप एक खेल मुलपानी मैदानमा । प्रतियोगितामा नेपाल, हङकङ, युएई र ओमानलाई उपाधिको मुख्य दाबेदार टोली मानिएको छ । यी चार टोलीमध्ये एक टोलीले एसिया कपमा स्थान बनाउनेछन् । जसमा ओमान र नेपाल पहिलो पटक एसिया कप खेल्ने सोचमा छ । नेपालले वैशाख ५ गतेको मलेसियाविरुद्ध खेलेपछि वैशाख ८ मा ओमान, ११ गते साउदी अरेबिया र १४ गते कतारसँग खेल्नेछ । 

May be an image of text that says 'CAN'

मुख्य प्रशिक्षक मोन्टी देशाईको आगमनपछि नेपाललको कमजोर मानिएको ब्याटिङ नै प्रमुख हतियार बनेर आएको छ ।

हालै सम्पन्न आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत खेलेका १२ खेलमध्ये ११ खेलमा जित निकालेकाले नेपालको मनोबल उच्च रहेको छ । मुख्य प्रशिक्षक मोन्टी देशाईको आगमनपछि नेपाललको कमजोर मानिएको ब्याटिङ नै प्रमुख हतियार बनेर आएको छ । नेपाल टियु मैदानमा खेलिएका पछिल्ला ८ खेलमा अपराजित छ । जसमा स्कटल्यान्ड, नामिबिया, युएई जस्ता बलिया टोलीसँग समान दुई–दुई खेल खेलेको थियो । मंगलबारबाट सुरु हुने प्रतियोगितामा नेपाली क्रिकेट टोली घरेलु मैदान र दर्शक, उत्कृष्ट ब्याटिङ लाइनअप र मोन्टि देशाईको बलियो रणनीतिका साथ मैदान उत्रने छ । 

आसिफ शेख, रोहित पौडेल र सन्दीप लामिछाने नेपालका प्रमुख हतियार हुन् ।

घरेलु मैदानमा सानदार ब्याटिङ गरे पनि नेपाल बलिङतर्फ भने चुक्दै आएको छ  । डेथ ओभर र पावर प्लेमा नेपालले निकै सुधार गर्नुपर्ने देखिन्छ । किनकी नेपालले डेथ ओभर र पावर प्लेमा लगातार कमजोर प्रदर्शन गर्दै आएको छ । यदि नेपालले एसिया कप खेल्न चाहन्छ भने यी दुई कमजोरीलाई सुधार गर्नै पर्ने हुन्छ । आसिफ शेख, रोहित पौडेल र सन्दीप लामिछाने नेपालका प्रमुख हतियार हुन् । यस प्रतियोगिताको शीर्ष तीन टोलीले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् । 

नेपाली टोलीः रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी र ललित राजवंशी ।

वैकल्पिक खेलाडी: अर्जुन साउद, सन्दीप जोरा, सूर्य तामाङ र किशोर महतो ।

Skip This
Skip This
Logo