प्रिमियर लिगमा लिभरपुलको फराकिलो जित

प्रिमियर लिगमा लिभरपुलको फराकिलो जित

केन्द्रबिन्दु
0
Shares

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुलले लिड्स युनाइटेडमाथि फराकिलो जित निकालेको छ। एल्याण्ड रोड स्टेडियममा सम्पन्न खेलमा लिभरपुलले घरेलु टोली लिड्समाथि ६-१ गोलको फराकिलो जित निकालेको हो।

लिभरपुलको जितमा मोहम्मद सलाह र डिएगो जोटाले समान २ गोल गर्दा कोडी गाक्पो र डार्विन नुनेजले समान १ गोल गरे। खेलको ३५ औँ मिनेटमा ट्रेन्ट अलेक्जेन्डर आर्नोल्डको पासमा गाक्पोले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। 

दोस्रो हाफको सुरुमै गोल फर्काउँदै घरेलु टोली खेलमा फर्कने प्रयास गरेको थियो। खेलको ४७ औँ मिनेटमा लुइस सिनिस्टेरले लिड्सका लागि गोल फर्काए। तर, त्यसपछि लिभरपुलले दवाब बढाउँदै ४ गोल थप्यो।

खेलको ५२ औँ मिनेटमा जोटा, ६४ औँ मिनेटमा सलाह, ७३ औँ मिनेटमा जोटा र ९० औँ मिनेटमा नुनेजले गोल थप्दै लिभरपुलको फराकिलो जित सुनिश्चित गरेका हुन्।

जितसँगै ३० खेलबाट ४७ अंक जोडेको लिभरपुल अंकतालिकाको ८ औँ स्थानमा उक्लिएको छ। २९ अंक जोडेको लिड्स भने तालिकाको १६ औँ स्थानमा छ।

Skip This
Skip This
Logo