निर्माणाधीन काठमाडौंँ-तराई मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)को अनुगमनको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आज मकवानपुर जाने भएका छन्।
प्रधानमन्त्री प्रचण्ड बिहान १० बजे भीमफेदी गाउँपालिका-८ महादेवटार पुग्ने कार्यक्रम तय भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएकाे छ ।
नेपाली सेनाको हेलिकप्टरमार्फत अनुगमनमा जान लागेका प्रचण्ड महादेवटारसँगै फास्ट ट्र्याक अन्तरर्गत लेनडाँडा र बकैया गाउँपालिका-५ राजदमारको अनुगमन गर्ने भएका छन्।





























प्रतिक्रिया