८ वर्षीया बालिका मृत फेला

८ वर्षीया बालिका मृत फेला

केन्द्रबिन्दु
0
Shares

बैतडीमा एक बालिका मृत फेला परेकी छन् । पाटन नगरपालिका–४ पटेलाका रामबहादुर चन्दकी ८ वर्षीया छोरी ललिता चन्द सुर्नया गाउँपालिका २ को मङरौँ खोलामा मृत भेटिएकी हुन् । 

सोमबार बाख्रा चराउन गएकी चन्द सम्पर्कविहीन बनेकी थिइन्। स्थानीयहरुले खोजतलास गर्दा मंगलबार बिहान मङरौँ खोलामा मृत भेटिएकी स्थानीयले बताएका छन्। इलाका प्रहरी कार्यालय पाटनबाट  खटिएको प्रहरी टालीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएकाे  छ । 

Skip This
Skip This
Logo