श्रीधर लामिछानेको पुस्तक ‘सहज बुढ्यौली’ बजारमा

श्रीधर लामिछानेको पुस्तक ‘सहज बुढ्यौली’ बजारमा

केन्द्रबिन्दु
0
Shares

ज्येष्ठ नागरिकका सवालमा साढे दशकदेखि क्रियाशील सामाजिक अभियन्ता श्रीधर लामिछानेको पुस्तक ‘सहज बुढ्यौली’ बजारमा आएको छ ।

भक्तपुरस्थित सिद्धि स्मृति अस्पतालमा आयोजित कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री महिन्द्रराय यादव, राष्ट्रियसभा सदस्य बिमला पौडेल राई, वरिष्ठ चिकित्सक डा. गौरीशंकरलाल दास, वरिष्ठ पत्रकार भैरव रिसाल, सिद्धिस्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष श्यामसुन्दर धौभडेललगायतले पुस्तक लोकार्पण गरेका हुन् ।  

पुस्तक लोकार्पण गर्दै मन्त्री यादवले ‘सहज बुढ्यौली’ कृति जेष्ठ नागरिकका लागि निकै उपयोगी रहेको उल्लेख गर्दै मन्त्रालयको पहलमा जेष्ठ नागरिकका महासंघमार्फत् यसलाई देशभर पुर्‍याउने प्रतिबद्धता जनाए ।

वृद्धवृद्धाका लागि सरकारले १६५ शैयाको अस्पताल बनाउने योजना रहेको पनि उनले सुनाए । ‘मुलुकको आर्थिक अवस्था त्यति अनुकूल नभए पनि ज्येष्ठ नागरिकका सेवा-सुविधा बढाउन सरकार प्रयत्नशील छ,’ उनले भने ।  

Skip This
Skip This
Logo