गोविन्द भट्टराईलाई भोट माग्न गठबन्धनका शीर्ष नेता तनहुँ जाँदै

गोविन्द भट्टराईलाई भोट माग्न गठबन्धनका शीर्ष नेता तनहुँ जाँदै

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सत्तारुढ गठबन्धनका नेता आज तनहुुँ जाँदैछन्। तनहुँ- १ मा नेपाली काँग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई भोट माग्न सत्ता गठबन्धनका शीर्ष नेता तनहुँ जान लागेका हुन ।

आगामी बैशाख १० गते हुने उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवार भट्टराईलाई भोट माग्न सत्ता गठबन्धनका शीर्ष नेताहरु आज तनहुँ आउन लागेको नेपाली काँग्रेस तनहुँका सभापति  जितप्रकाश आलेले जानकारी दिए । 

उनका अनुसार प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले तनहुँको डुम्रेबजारमा आज दिउँसो २ बजे हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Skip This
Skip This
Logo