रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा

रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा

केन्द्रबिन्दु
0
Shares

साविक विजेता स्पेनिस क्लब रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।क्वाटरफाइनलको दुवै लेगमा इंग्लिस क्लब चेल्सीलाई पराजित गर्दै रियलले च्याम्पियन्स लिगको अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

मंगलबार राति भएको दोस्रो लेगमा २-० को तथा समग्रमा ४-० को जित निकाल्दै रियल अघि बढेको हो । दोस्रो लेगमा रियलको जितमा दुवै गोल ब्राजिली विंगर रोड्रिगोले गरे । स्टामफोर्ड ब्रिजमा घरेलु टोली चेल्सीले बल पोसेसन राखेपनि रियलले दोस्रो हाफमा दुई गोल गर्न सफल भएकाे थियाे । 

५८औँ मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई १–० को अग्रता दिलाए । उनले ब्राजिली विंगर भिनिसियस जुनियरको पासमा गोल गर्न सफल भए ।त्यसपछि रोड्रिगोले ८०औँ मिनेटमा फेडे भाल्भेर्डेको पासमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै रियलको जित पक्का गरे ।

यस हारसँगै चेल्सीले अन्तरिम प्रशिक्षक फ्रान्क लाम्पार्डको प्रशिक्षणमा लगातार चौँथो हार बेहोरेको छ । ग्राहम पोटरको बर्खास्तीपछि चेल्सीले लाम्पार्डलाई अन्तरिम प्रशिक्षक बनाएका थिए ।

Skip This
Skip This
Logo