काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्रोत नखुलेको रकमसहित भेरी अस्पताल बाँकेमा कार्यरत कम्प्युटर अपरेटर अरुणराज खनाललाई पक्राउ गरेको छ ।
आयोगको नेपालगञ्जबाट गएको टोलीले खनाललाई १६ लाख १३ हजार ९७५ बराबरको स्रोत नखुलेको नगदसहित निजको कार्यकक्ष नजिकैबाट पक्राउ गरिएको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।
खनालले विभिन्न फर्म तथा पसलबाट लिएको कमिशनबापतको रकम र चेकसमेत आफ्नो कार्यकक्षमा राखेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले सूक्ष्म अनुसन्धान गरिरहेको थियो ।रासस





























प्रतिक्रिया