प्रधानन्यायाधीश नियुक्तिका विषयमा छलफल गर्न आज बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन भएको छ।प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले विना निष्कर्ष सकिएको हो ।
नेपाल बार एसोसियसनले लामो समयदेखि न्यायालय कामुको भरमा चलेको भन्दै तत्काल प्रधानन्यायाधीश नियुक्त गर्न दबाब दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सक्रियता बढाएका थिए ।
केही दिनअघि बालकोटस्थित ओली निवासमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानन्यायाधीश नियुक्त गर्ने विषयमा छलफल भएको थियो ।
सोही छलफलको आधारमा बुधबार बसेको संवैधानिक परिषद् बैठक भने निष्कर्षविहीन हुन पुगेको हो । बैठकमा प्रधानमन्त्री प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली र उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का सहभागी भएका थिए ।































प्रतिक्रिया