आमाको मुख हेर्ने दिन सबैले सुन्न र हेर्नैपर्ने जे.बी. बिष्टको गीत

आमाको मुख हेर्ने दिन सबैले सुन्न र हेर्नैपर्ने जे.बी. बिष्टको गीत

केन्द्रबिन्दु
6
Shares

वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व वैशाख ७ गते अर्थात् भोलि जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ ।

शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा लिइन्छ । वैशाख कृष्णपक्ष औँसीका दिनलाई नेपालीले मातातीर्थ औँसी अर्थात् मातृऔँसीका रुपमा समेत मनाउँछन् ।

सो दिन परदेशमा गएका छोराछोरीले आमाबाबु र देशलाई नभुलुन भन्ने सन्देश सहितको गायक जे. बि. बिष्टले गाएकाे ‘सबै कुरा भूल तिमी आमाबुवा कहिले नभूल’ बोलको गीत निकै लोकप्रिय छ । बिष्टको सुमधुर स्वरले सुसज्जित मर्मस्पर्शी सन्देशमुलक सो गीतको भिडियो बजारमा उपलब्ध छन् । 

गीतमा स्वयं गायक विष्टकै शब्द संगीत रहेको छ भने संगीत संयोजन किरण कडेँलको रहेको छ । 

निर्देशक तथा लोकप्रिय अभिनेता निर्मल शर्माको निर्देशनमा बनेको उक्त भिडियोमा चीज कुमार श्रेष्ठको बेजोड अभिनय देख्न सकिन्छ । देशविदेशका रमणीय ठाउँहरुमा छायांकन भएको उक्त भिडियोलाई सिनेम्याटोग्राफर राजु केसलिे खिचेका हुन् भने सम्पादन गौतम राज खड्काले गरेका छन् ।  

भिडियाे-

 

Skip This
Skip This
Logo