कोशीमा बेपत्ता एकको शव भेटियाे, दुई जनाको खोजीकार्य जारी

कोशीमा बेपत्ता एकको शव भेटियाे, दुई जनाको खोजीकार्य जारी

केन्द्रबिन्दु
0
Shares

सुनसरीको बराहक्षेत्र नगरपालिका-१ स्थित सप्तकोशी नदीमा नुहाउने क्रममा डुवेर बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव फेला परेको छ ।

सशस्त्र प्रहरीको नम्बर-१ बराह बाहिनी मुख्यालय सुनसरीबाट गोताखोरको टोलीले झापाको दमक नगरपालिका ९ बस्ने २० वर्षीय नविन न्यौपाने शव नदीबाट निकालेको हो । अन्य दुई जनाको खोजीकार्य भइरहेको सशस्त्र प्रहरीको भनाइ छ ।

न्यौपानेसहित मोरङ्ग जिल्लाको उर्लाबारी नगरपालिका ७ बस्ने २० वर्षीय राजन गुरागाई र झापाको दमक नगरपालिका ९ बस्ने २२ वर्षीय रुद्र न्यौपाने बुधबार बिहान कोशी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए ।

Logo