संविधानको सीमाभित्र बसेर ऐन र विधेयक समृद्ध बनाउन सरकार सचेत छ -मन्त्री शर्मा

संविधानको सीमाभित्र बसेर ऐन र विधेयक समृद्ध बनाउन सरकार सचेत छ -मन्त्री शर्मा

केन्द्रबिन्दु
0
Shares

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानको सीमाभित्र बसेर ऐन र विधेयकलाई समृद्ध गराउन सचेत रहेको वताएकी छिन् । 

राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधिसभामा आएको ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक’ माथिको सैद्धान्तिक छलफल पश्चात जवाफ दिँदै मन्त्री शर्माले  संविधानको दायरा र सीमा भित्र रहि ऐन र विधेयक बनाउने तर्फ गम्भीर भएको बताइन् । 

उनले भनिन्, ‘संविधानको दायरा भित्र संविधानको सीमा भित्र वसेर ऐन र विधेयकलाई सके सम्म राम्रो र समृद्ध कसरी बनाउने भन्ने सोचिरहेका छौँ । ’ 

आजका दिनमा आउँदा स्वाभाविक ढङ्गमा भ्रष्टाचारका स्वरुप परिर्वतन भएका मन्त्री शर्माको भनाइ छ । उनले यसलाई प्रभावकारी ढङ्गगले नियन्त्रण गर्न ऐन जरुरी भएको पनि बताइन् । 
 
अख्तियार सम्बन्धि विधेयकमा तीन तहका सरकारले गर्ने गरेको काम पनि हेर्न पाउने गरी एवं संघीयताको मर्म अनुरुप व्यवस्था गरिएको उनको भनाइ छ । उनले संविधान बाहिर जान नसकिने भन्दै संविधानमा जे कुरा व्यवस्था भएको छ त्यहि अनुसार काम गर्न सकिने बताइन् ।

Skip This
Skip This
Logo