आप्रवासी नागरिकले अगस्ट १ देखि कतार प्रवेश गर्न पाउने

आप्रवासी नागरिकले अगस्ट १ देखि कतार प्रवेश गर्न पाउने

केन्द्रबिन्दु
0
Shares

तिलु शर्मा पौडेल
दोहा कतार ।

कोरोनाका कारण कतार फर्कन नपाएर नेपाल तथा विश्वका विभिन्न देशमा रहेका सम्पूर्ण आप्रवासी तथा स्थानीय नागरिकहरू अगस्ट १ देखि कतार प्रवेश गर्न पाउने भएका छन् l कतार सरकारले कोरोनाको कम जोखिममा राखेको ४० देशसहित कोरोना उच्च जोखिममा रहेका अन्य देशहरूबाट पनि कतार आउन पाइने भएको छ l ती ४० देशका नागरिकले एयरपोर्टमा कोरोना परीक्षण पश्चात् लिखित प्रतिबद्धता सहित ७ दिन अनिवार्य होम क्वारेनटाइन बस्नु पर्नेछ l

सरकारले जारी गरेको सुची अनुसार नेपाल कोरोनाको उच्च जोखिममा परेको छ l यद्यपि नेपालबाट कतार आउन चाहानेहरुले कतार प्रवेशको लागि प्रवेश अनुमति ( इन्ट्री पर्मिट https://portal.www.gov.qa/wps/portal/qsports/home ) लिएर अगस्ट १ देखि नै आउन सक्ने भएका छन् l इन्ट्री पर्मिट सम्बन्धित कम्पनीको अनुमतिमा कामदार आफैँले लिन सक्नेछन् l प्रवेश गर्नु पूर्व एक हप्ताको लागि अनिवार्य होटेल बुकिङ गर्नु पर्नेछ l सरकारले क्वारेन्टाइनको लागि सीमित होटेलमा बुकिङ खुल्ला गरेको छ तर न्यून आय भएका श्रमिकको हकमा छुट्टै व्यवस्था हुनेछ भने त्यसमा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले बेहोर्नु पर्नेछ l

एयरपोर्टमा कोरोना परीक्षण गरी कतारले जारी गरेको एतराज एप्सलाई पहेँलो सूचक अर्थात् क्वारेन्टाइन बनाइने छ l उक्त एप क्रमिक रूपमा हरियो हुँदै जानेछ भने ६ दिनमा अस्पतालबाट खटिएका डाक्टरहरूले स्वास्थ्य जाँच गर्नेछन् l स्वास्थ्य देखिएमा एपमा पूर्ण हरियो सूचक देखिनेछ र दैनिक कार्यमा फर्कन पाइनेछ l यदि सङ्क्रमित देखिएमा आइसोलेसनमा बस्नु पर्नेछ l कतार प्रवेश र भिसाको अवस्था जान्नको निम्ति www. portal.www.gov.qa र होटेल बुकिङको लागि www.discoverqatar.qa मा हेर्न सकिने छ l ५५ वर्ष माथिकाहरु र अशक्तता भएका बृद्धअवस्थाका, विभिन्न रोगले उच्च जोखिममा रहेकाहरू, मधुमेह, उच्च रक्तचाप, गर्भवती महिला लगायत अन्य बिरामीहरू भने आफ्नो घरमा क्वारेन्टाइन बस्नु पर्नेछ l कतार बाहिर रहेका हरुले +974 44069999 मा सम्पर्क गरी थप जानकारी लिन सकिने ब्यब्स्था मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ l

 

Logo