डडेल्धुरामा ढुंगा प्रहारबाट एक महिलाको मृत्यु भएको छ। परशुराम नगरपालिका-४ रज्यौडा बस्ने ६३ वर्षीया गोमती थापा मगरको ढुंगा प्रहारबाट बिहीबार मृत्यु भएको छ । उनलाई परशुराम ४ कै गोपाल राउटेले ढुंगा प्रहार गरी घाइते बनाएका थिए।
ढुंगा प्रहारबाट महिला घाइते भएकाे खबर पाउनासाथ इलाका प्रहरी कार्यालय जोगबुढाको टोली घटनास्थलमा पुगेको थियो। प्रहरी पुग्दा महिलाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ। ढुंगा प्रहार गर्ने राउटे फरार रहेको इलाका प्रशासन कार्यालय, जोगबुढाले जनाएकाे छ ।































प्रतिक्रिया