आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु

आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

गुल्मीमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर–३ का १३ वर्षका दिपक मुखियाको पाल्पामा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएकाे छ ।

आगो निभाउने क्रममा धुर्कोट गाउँपालिका वडानम्बर–३ का ५५ वर्षका धनबहादुर जोगी कुँवर गम्भीर घाइते भएका छन् । गम्भीर घाइते कुँवरलाई थप उपचारको लागि बुटवल लगिएको प्रहरीले जनाएको छ ।

Skip This
Skip This
Logo