गुल्मीमा आगो निभाउने क्रममा एक बालकको मृत्यु

गुल्मीमा आगो निभाउने क्रममा एक बालकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

गुल्मीमा आगो निभाउने क्रममा आगलागीमा परि एक वालकको ज्यान गएको छ । आगलागीमा परि गम्भीर घाइते बनेका जिल्लाको धुर्कोट गाउँपालिका ३ हाडहाडेका १३ वर्षीय दीपक मुखियाको आज शुक्रबार बिहान मिसन अस्पताल पाल्पामा निधन भएको हो ।

बिहीबार राती मध्य रातमा आफ्ना परिवारसँगै स्थानीय बर्दवास जङ्गलमा लागेको आगो बस्तीमा आउन थालेपछि आगो निभाउन जाने क्रममा आगोको लप्काले पोल्दा उनी सहित थप एक जना गम्भीर घाइते बनेका थिए ।

घाइतेहरूलाई राती नै गुल्मी अस्पताल तम्घासमा ल्याई पुराए पनि यहाँ उपचार हुन नसेकपछि राती नै पाल्पा पठाइएको थियो । मुखियाको उपचारकै क्रममा आज बिहान मिसन अस्पताल पाल्पामा मृत्यु भएको सशस्त्र प्रहरी बल नेपाल गुल्मीका सशस्त्र प्रहरी नायव उपरीक्षक निवन कुमार खड्काले जानकारी दिएका छन् ।

सोही ठाउँमा आगलागीमा परि घाइते बनेका वर्ष ५५ का धन बहादुर जोगी कुँवरलाई पनि पाल्पामा उपचार हुन नसकेपछि आज बिहानै थप उपचारका लागि बुटवल पठाइएको छ । त्यसैगरि ईस्मा गाउँपालिकामा बिहीबार भएको आगलागीबाट दुई घर र तीन गोठ पूर्ण रूपमा जलेर नष्ट भएका छन् । इस्मा गाउँपालिका ५ अन्तर्गत दमारका शिवलाल कुमाल र रुद्र बहादुर कुमालको दुई घर र तीन गोठ जलेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

स्थानीय सामुदायिक वनबाट लागेको आगो बिहीबार अपराह्न एक्कासि गाउँ पसेपछि घर गोठसहित अन्न र लत्ता कपडा जलेर नष्ट भएको स्थानीय बोम बहादुर कुमालले जानकारी दिए । गत दुई सातादेखि गुल्मीका सामुदायिक वन एवं राष्ट्रिय वनहरूमा आगलागीका घटनाहरू दिनहुँ बढ्दै जान थालेपछि आगो निभाउनका लागि स्थानीय, जनपथ प्रहरी, सशस्त्र र नेपाली सेनाको टोलीलाई हम्मे हम्मे बनेको छ ।

Skip This
Skip This
Logo