काठमाडौं । पूर्व डीआइजी रञ्जन कोइरालाको मुद्दामा सर्वोच्च अदालतले गरेको फैसला विरुद्ध महान्याधिवक्ताको कार्यालयले पुनरावलोकन रिट दायर गर्ने भएको छ । पत्नी हत्याको अभियोगमा जन्मकैदको सजाय भोगि रहेका कोइरालको मुद्दामा सर्वोच्च अदालतले असार १५ गते ८ वर्ष ६ महिना मात्रै थुनामा बसे पुग्ने भन्दै फैसला गरेको थियो । सोही फैसला चित्त बुझ्दो नभएको भन्दै महान्यायाधिवक्ताको कार्यालयले पुनरावलोकनका लागि सार्वोच्चमा रिट दायर गर्ने भएको हो ।
बिहीबार अन्तर पार्टी महिला सञ्जालसँगको भेटमा महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले सर्वोच्चको फैसला विरुद्ध अदालतमा पुनरावलोकनका लागि जाने बताएको सञ्जालका अध्यक्ष सावित्रा भुसालले जानकारी दिइन् ।
सर्वोच्च अदालतको फैसला चित्त नबुझे पुनरावलोकनमा जान पाउने व्यवस्थाअनुसार महान्याधिवक्ताको कार्यालयले पुनरावलोकनका लागि सर्वोच्चमा रिट दायर गर्न लागेको हो । पूर्व डीआइजी कोइरालाले २०६८ पुष २७ गते पत्नी गीता ढकालको हत्या गरी मकवानपुरको टिस्टुङ जङ्गलमा लगेर जलाएका थिए । २०६८ माघ ८ गते पक्राउ परेका उनलाई २०७१ वैशाख ७ गते जिल्ला अदालत काठमाडौंले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो । कोइरालाले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए । उच्च अदालतले पनि २०७२ मंसिर २३ गते जिल्लाकै फैसलालाई सदर गरेको थियो ।































प्रतिक्रिया