काठमाडौं ।
साताको अन्तिम दिन तथा विहिवार शेयर बजार १० दशमलव १३ अंक बढेको छ ।
विहिबार १ अर्व ३२ करोड ७१ लाख ३५ हजार २ सय १८ रुपैँयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै, यस दिन ३३ लाख ९२ हजार ९ सय ६९ कित्ता शेयर किनबेच भएको छ । कारोबार भएको दुई घण्टामा ५० करोड माथिको सेयर कारोबार भएको थियो । विहिबार कारोबार भएका १ सय ८७ कम्पनीमा १०७ कम्पनीको मूल्य बढेको छ भने ४४ वटाको घटेको छ ।
विहिबार कारोबार भएका १२ समुहको उपसमूहमा म्युचुअल फण्ड बाहेक बाँकी समुहको कारोबार बढेको छ । जीवन बीमा निर्जिबन बीमा लघुवित्त, होटल लगायतका कम्पनीको शेयर मूल्य धेरै बढेको छ ।































प्रतिक्रिया