रवि र रामप्रसादले आफैँलाई मत हाल्न नपाउने

रवि र रामप्रसादले आफैँलाई मत हाल्न नपाउने

केन्द्रबिन्दु
0
Shares

चितवन क्षेत्र नं २ मा आज बिहान ७ बजेबाट उपनिर्वाचनका लागि मतदान सुरु भएको छ । क्षेत्रका सबै मतदानस्थलमा पूर्वतयारी भएकाले मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कार्यालयका सहायक निर्वाचन अधिकृत अनुसार प्रक्रियाको क्रममा कतिपयमा दुई-चार मिनेट ढिला भएपनि निर्धारित समयमा मतदानका लागि कहीँकतै समस्या नभएको बताए । 

यस क्षेत्रमा लोकतान्त्रिक-वाम गठबन्धनबाट नेपाली काँग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने उम्मेदवार छन् ।  

मुख्य प्रत्यासी तीन मध्ये काँग्रेसका श्रेष्ठले शक्तिखोरको चर्तुमुखी माध्यमिक विद्यालयबाट मतदान गरेका छन् भने एमालेका  रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने  सो क्षेत्रमा मतदाता नामावलीमा नाम नरहेकोले मतदान गर्न नपाउने निर्वाचन अधिकृतको कार्यालयले जनाएकाे छ । 

Logo