बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको बस आइतबार बिहान पाल्पामा दुर्घटनाग्रस्त भएको छ ।
लु १ ख ५९५६ नम्बरको बस पाल्पाको जोरधारानजिकै दुर्घटना भएको जनाइएकाे छ। बस दुर्घटना हुँदा एक जना महिलाकाे मृत्यु भएकाे छ । त्यस्तै ३१ जना घाइते भएका छन्
घटनास्थलमै ज्यान गुमाएकी महिलाकाे परिचय खुल्न बाँकी रहेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घाइतेहरुलाई उद्दार गरेर लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये २ जनाको अवस्था चिन्ताजनक छ ।





























प्रतिक्रिया