उपनिर्वाचनः चितवन-२ मा ४० प्रतिशत मत खस्यो

उपनिर्वाचनः चितवन-२ मा ४० प्रतिशत मत खस्यो

केन्द्रबिन्दु
0
Shares

चितवन निर्वाचन क्षेत्र नम्बर- २ मा जारी प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा ४० प्रतिशत  मत खसेको छ। एक लाख २४ हजार छ सय ९५ जना मतदाता रहेकाे यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान भइरहेको छ ।

मुख्य प्रतिस्पर्धामा रास्वपाबाट रवि लामिछानेसहित नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठ र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपाने छन्। तर, उम्मेदवार लामिछाने र न्यौपानेले भने सो क्षेत्रमा आफूलाई मतदान गर्न पाउने छैनन् ।

लामिछानेको मतदाता नामावली काठमाडौंमा रहेको र न्यौपानेको मतदाता नामावली चितवन क्षेत्र नम्बर ३ मा रहेकाले मत हाल्न नपाउने भएका हुन् । 
मतदान केन्द्रमा रास्वपाका उम्मेदवार रवि लामिछानेसहित उनका कार्यकर्ताहरु नाराबाजी गर्दै प्रवेश गरेपछि गठनबन्धन र एमालेका नेता कार्यकर्ताबिच विरोध भएकाे छ । निर्वाचन अधिकृतको कार्यालयका अनसुसार दिउँसो पौने १ बजेसम्म ४० प्रतिशत मत खसेको हाे 

 

 

Skip This
Skip This
Logo