चितवन क्षेत्र नं-२ का दुई वटा केन्द्रमा मतदान रोकिएको छ । चितवनको वडा नं. ११ भोजाडस्थित नयाँ किरण कमल कुसुम मावि केन्द्रमा र भरतपुरकै वडा नम्बर ७ स्थित कृष्णपुर मावि केन्द्रमा मतदान रोकिएको हो ।
भोजाडमा करिब दुई घण्टादेखि मतदान रोकिएको छ । कृष्णपुरमा मतदान रोकिएको भने आधा घण्टा भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थक र अन्य दलका कार्यकर्ताबीच सुरु भएको विवाद धकेला धकेलमा परिणत भएपछि मतदान रोकिएको हो।मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिले विवाद मिलाउनका लागि सर्वदलीय बैठक बसिरहेको छ।
सर्वदलीय बैठकमा एमालेसहितका दलहरुले आचारसंहिता उल्लंघन भएकाले कारबाही हुनुपर्ने वा उम्मेदवारले कार्यकर्तालाई सम्झाएर माफी माग्दै मतदानस्थलको वातावरण शान्तिपूर्ण बनाउनुपर्ने माग गरेका छन्।































प्रतिक्रिया