चितवन क्षेत्र नं २ को उपनिर्वाचनका क्रममा भरतपुर महानगरपालिका–११ नयाँकिरण माविमा रोकिएको मतदान पुनः सुचारु भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने आउने क्रममा नाराबाजी गरेको भन्दै अन्य दलका नेता कार्यकर्ताले विरोध जनाएसँगै मतदान स्थगित भएको थियो । त्यसपछि बसेको सर्वदलीय बैठकमा आचारसंहिता उल्लंघनमा रास्वपाले माफी माग्ने सहमतिपछि मतदान सुचारु भएको हो ।
चितवन क्षेत्र नं २ का अन्य केन्द्रमा उपनिर्वाचनका लागि मतदान जारी छ । यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान हुँदै छ । यहाँ एक लाख २४ हजार छ सय ९५ जना मतदता रहेका छन् । ती मध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् ।
यस क्षेत्रमा लोकतान्त्रिक–वाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा (एमाले)बाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने उम्मेदवार रहेका छन् । उनीहरूसँगै २२ उम्मेदवार चुनावी मैदानमा छन् ।































प्रतिक्रिया