चितवन २ को मतगणना उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भएको छ । मतगणनाका लागि आवश्यक सबै तयारी भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मतगणनास्थलमा तारजाली र सिसिटिभी जडान गरिएको छ । कार्यालयले बैशाख १३ गतेसम्ममा मतगणनाको पूर्ण नतिजा आउने विश्वास लिएको छ ।
मतगणना चितवनमा आज रातिदेखि नै सुरु गर्ने तयारी भएको सहायक मतदान अधिकृत ईश्वर आचार्यले जानकारी दिए । राति ९ बजेसम्म मतपेटिका संकलन गरिने र त्यसपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने उनको भनाइ छ । उनका अनुसार चितवन २ मा निर्धारित समयमा ६१ प्रतिशत मत खसेको छ । केही स्थानमा मतदान स्थलभित्र पसिसकेका मतदाताले मतदान बाँकी रहेकाले केही बढ्न सक्ने उनको भनाइ छ ।
चितवनमा कुल १ लाख २४ हजार ६९५ मतदाताका लागि ४३ मतदान स्थलमा १३८ मतदान केन्द्र निर्धारण गरिएको थियो । चिवतन २ मा गत मंसिर ४ को निर्वाचनमा ६८ प्रतिशत मत खसेको थियो । सो निर्वाचनमा ८४ हजार १७ मत खसेको खसेको थियो ।





























प्रतिक्रिया