चितवन–२ मा सर्वदलीय बैठक सुरु

चितवन–२ मा सर्वदलीय बैठक सुरु

केन्द्रबिन्दु
0
Shares

चितवन–२ मा मतगणना सुरु गर्न बिहान ८ बजे बोलाएको सर्वदलीय बैठक झण्डै एक घण्टा ढिलो सुरु भएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले आचारसंहिता विरुद्धको उजुरीमा जवाफ दिनुपर्ने कांग्रेसको सर्तपछि आइतबार मतगणना आजका लागि सरेको थियो । अहिले भने कांग्रेसका प्रतिनिधिसहित बैठक सुरु भएको हो । 

चितवन–२ का सहायक निर्वाचन अधिकारी ईश्वर आचार्यले कांग्रेसका प्रतिनिधि नआएका कारण बैठक केही ढिला सुरु भएको जानकारी दिए । उक्त क्षेत्रमा नेकपा (एमाले)बाट रामप्रसाद न्यौपाने, नेपाली कांग्रेसबाट जीतनारायण श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेसहितका उमेदवार छन् ।

Skip This
Skip This
Logo