गोविन्दराज जोशीको वडामा पछि पर्यो काँग्रेस, रास्वपालाई कति मत ?

गोविन्दराज जोशीको वडामा पछि पर्यो काँग्रेस, रास्वपालाई कति मत ?

केन्द्रबिन्दु
0
Shares

आइतबार भएको उपनिर्वाचनअन्तर्गत तनहुँमा मतगणना जारि छ ।

गएराति पौने १२ बाट सुरू भएको गणनामा भानु नगरपालिका र आँबुखैरेनी गाउँपालिका गरी अहिलेसम्म १७०७७ भोट गनिसकिएको छ । सुरुदेखि नै लिड गरिरहेका रास्वपाका डा. स्वर्णिम वाग्लेले त्यसलाई कायमै राखेका छन् । पछिल्लो परिणामअनुसार रास्वपाका स्वर्णिम वाग्लेको ९४८३, कांग्रेसका गोविन्द भट्टराईको ४४७२ र एमालेका सर्वेन्द्र खनालको २५६० मत छ ।

यसैबीच कांग्रेस पूर्वसहमहामन्त्री गोविन्दराज जोशीको वार्ड भानु-११ मा रोचक नतिजा देखिएको छ।उक्त वडामा २०१४ मतमध्ये रास्वपाका वाग्लेले झण्डै ६० प्रतिशत मत पाएका छन् । यहाँ स्वर्णिमले १२०२ मत ल्याउँदा गोविन्दले ५९३ र सर्वेन्द्रले १८३ मत पाए ।

उपचुनावलाई मध्यनजर गर्दै कांग्रेसले कारबाहीको फुकुवाको निर्णय गरेपनि जोशी समूहले त्यसलाई अस्वीकार गरेको थियो ।

Skip This
Skip This
Logo