सन्दीप लामिछाने विरुद्धको मुद्दा न्यायाधीश दीपक ढकालको इजलासमा

सन्दीप लामिछाने विरुद्धको मुद्दा न्यायाधीश दीपक ढकालको इजलासमा

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणी मुद्दाको अन्तिम फैसलाका लागि न्यायाधीश दीपक ढकालको इजलासमा पेसी परेको छ।

मुद्दा न्यायाधीश ढकालको इजलासमा चौथो नम्बरमा पेसी परेको हो। सन्दीपको मुद्दाको यो अन्तिम सुनुवाइ हो। बहस सकिएको अवस्थामा आजै फैसला समेत आउन सक्नेछ। 

यसअघि पीडित किशोरीको स्वास्थ्य परीक्षण गर्ने चिकित्सक तथा क्रिकेटरहरुको बकपत्र गराउन छुटेको भन्दै अदालतले उनीहरुको बकपत्र गराउन आदेश दिएको थियो। 

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका लामिछानेविरुद्ध गत कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो। 

Skip This
Skip This
Logo