तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनको मतगणनामा देवघाट गाउँपालिकाको एउटा वडामा एमालेले लिड गरेको छ । देवघाट गाउँपालिका–१ मा एमालेका सर्वेन्द्र खनालले ४९४ मत ल्याएका छन् । कांग्रेसका गोविन्द भट्टराईले ३३३ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्वर्णिम वाग्लेले २७८ मत ल्याए ।
अहिलेसम्म गनिएको मतमा भने रास्वपाका वाग्ले पाँच हजार मतले कांग्रेसका उमेदवारभन्दा अगाडि छन् । वाग्लेले ११ हजार २२१, कांग्रेसका गोविन्द भट्टराईले पाँच हजार ८८५ तथा एमालेका सर्वेन्द्र खनालले तीन हजार ४६८ मत ल्याएका छन् ।































प्रतिक्रिया