साउदीसँग अंक बाँड्दै नेपाल सेमिफाइनलमा

साउदीसँग अंक बाँड्दै नेपाल सेमिफाइनलमा

केन्द्रबिन्दु
0
Shares

नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । भारी बर्षाका कारण मूलपानी मैदानमा बिहान ९ बजे सुरु हुनुपर्ने खेल हुन नसकेपछि साउदीसँग अंक बाडेर नेपाल समूह ए वाट सेमिफाइनलमा प्रवेश गरेको हो  ।

भारी वर्षासँगै बिहान ८:३० मा हुनु पर्ने टस १२ बजेसम्म पनि हुन नकसे पछि खेल रद्ध गरेर  नेपाल र साउदी अरबले १–१अंक बाँडेका हुन ।आजको यो निर्णयसँगै तीन खेलबाट नेपालले पाँच अंक पुर्‍याएको छ भने २ अंकसहित साउदी अरब चौथो स्थानमा छ ।

नेपालले समूह चरणको अन्तिम खेल बिहीबार कतारसँग टियु मैदानमा खेल्नेछ । नेपाल विजयी भएमा समूह विजेता बन्नेछ । पराजित भएमा भने समूह विजेता वा उपविजेता हुनेमा ओमान र साउदी अरेवियाबीच बुधबार हुने खेलले निश्चित गर्नेछ । ओमान ३ खेलमा ४ अंकसहित दोस्रो स्थानमा छ भने साउदी समान खेलमा ३ अंक  जाेडेर तेस्रो स्थानमा छ । 

Skip This
Skip This
Logo