लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले पनि पाएनन् विश्वासको मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले पनि पाएनन् विश्वासको मत

केन्द्रबिन्दु
0
Shares

लुम्बिनीमा एमाले नेतृत्वको प्रदेश सरकार ढलेको छ। बुधबार प्रदेशसभामा मुख्यमन्त्री लीला गिरीले प्रदेशसभाबाट विश्वासको मत नपाएसँगै उनी नेतृत्वको सरकार ढलेको हो।

सरकारकाे निरन्तरताका लागि पाउनुपर्ने ४४ मतमध्ये मुख्यमन्त्री गिरीले ३३ मत मात्रै प्राप्त गरे । एमालेका २९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका ४ प्रदेश सभा सांसदले मात्रै मत दिएपछि उनी स्वत: पदमुक्त भएका हुन् । मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा ५३ मत खसेको थियो । प्रदेश सभामा ८७ जना सांसद रहेका छन् ।

गिरी पदमुक्त भएसँगै नेकपा एमालेले नेतृत्व गरेको चारवटा सरकार मध्ये तीनवटा सरकार ढलेको छ । यसअघि सुदुरपश्चिम र गण्डकी सरकार ढलेकाे थियाे । सदूरपश्चिममा एमाले सरकार ढलेर कांग्रेस नेतृत्वको सरकार बनेको छ, भने गण्डकीमा नयाँ सरकार बनाउन छलफल चलिरहेको छ।  अब कोशी प्रदेशमा मात्रै एमाले नेृतत्वको सरकार बाँकी रहेको छ।

Logo