चट्याङ लागेर एकै परिवारका ३ जना घाइते

चट्याङ लागेर एकै परिवारका ३ जना घाइते

केन्द्रबिन्दु
0
Shares

अविरल वर्षासँगै परेको चट्याङ लागेर सिन्धुलीको गोलन्जोर गाउँपालिकामा ३ जना घाइते भएका छन् । गोलन्जोर गाउँपालिका–३ ओख्लेस्थित ५८ वर्षीया दुर्गाकुमारी भुजेलको घरमा चट्याङ परेको सिन्धुलीका एसपी राजकुमार सिलवालले जानकारी दिए ।

चट्याङ लागेर घाइते हुनेमा दुर्गा कुमारी भुजेल, उनकी बुहारी २८ वर्षीया हिराकुमारी भुजेल र ८ वर्षीय निकेश भुजेल छन् । दुर्गा कुमारीको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । हिराकुमारी र निकेश उपचार पछि घर फर्केका छन् । घर बाहिर राखिएको बिजुलीको मिटर बक्समा चट्याङ परेको प्रहरीले जनाएको छ । 
 

Skip This
Skip This
Logo