तनहुँ–१ र चितवन– २ को उपनिर्वाचन अन्र्तगत प्रारम्भिक मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका छन् ।
बिहान देखि सुरु भएको तनहुँ र आज दिउँसोदेखि मतगणना सुरु भएको चितवन २ को प्रारम्भिक मत परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार अगाडि देखिएका हुन् । तर बारामा भने जनमत पार्टीका उम्मेद्वारले अग्रता बनाएका छन् ।
बिहानैदेखि तनहुँ १ मा रास्वपाका उम्मेद्वार डाक्टर स्वर्णिम वाग्लेले लिएको सुरुआती अग्रतालाई कायमै राखेका छन् । उनले २२ वडाको ३१ हजार २ सय १९ मत गणना सकिँदा १५ हजार ९ सय ५८ मत ल्याए । उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ९ हजार १ सय २० तथा एमालेमा सर्वेन्द्र खनालले ५ हजार १ सय ६६ मत पाएका छन् ।
यता चितवन २ मा सभापति रवि लामिछानेले पनि अग्रता लिएका छन् । सुरुमा एमालेका उम्मेदवार अगाडि भएपनि इच्छाकामना गाउँपालिका वडा नं १ र ३ को मत गणना सकिँदा रविले १ हजार ४९२ मत पाएका छन् । नेकपा एमालेका रामप्रसाद न्यौपानेले १ हजार १३५ र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ७९५ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
त्यस्तै, बारा २ मा पनि तीन वडाको २ हजार ६ सय २१ मत गणना सकिँदा जनमत पार्टीका शिवचन्द्र कुश्वाहाले सुरुआती अग्रता लिएका छन् । उनले १ हजार १४६ मत पाउँदा जसपाका उम्मेदवार उपेन्द्र यादवले १ हजार ११७ मत पाएका छन् । साथै नेकपा (एमाले)का पुरुषोत्तम पौडेल ५३८ मत ल्याएर तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २४४ मत ल्याएर चौथो स्थानमा छन् ।





























प्रतिक्रिया