त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको फ्लाइ दुबईको जहाज ठूलो दुर्घटना हुनबाट बचेको छ ।
विमानको इञ्जिन फेल हुँदा असामान्य झिल्का र विस्फोटको आवाज सुनिएपछि आकस्मिक अवतरणको प्रयास गरिएको थियो तर, पाइलटले दायाँ भागको इञ्जिनमा समस्या देखिए पनि काठमाडौंमा अवतरण गराएनन् ।
कलसाइन एफजेड ५७६ भएको जहाज केहीबेर आकाशमै होल्ड भएर गन्तव्यतर्फ लागेको छ। जहाज ९ बजेर २३ मिनेटमा काठमाडौंदेखि दुबईका लागि उडेको थियो। जहाजमा १६९ यात्रु रहेको पुष्टि भएको छ ।
आकस्मिक अवतरणको लागिविमानस्थलमा एम्बुलेन्स र दमकलसहितका सुरक्षा दस्ता स्ट्यान्डबाइसमेत राखिएको थियो ।
यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पनि फ्लाइ दुबईको जहाज सुरक्षित रुपमा गन्तव्यतर्फ गएको बताएका छन् । उनले भनेका छन्, ‘फ्लाइ दुबई जहाज सुरक्षित आफ्नो गन्तव्यतिर जाँदैछ, कोही चिन्ता नगर्नुहोला, सबैलाई शुभयात्रा ।’





























प्रतिक्रिया