ट्र्याक्टर दुर्घटनामा तीन जनाको मृत्यु

ट्र्याक्टर दुर्घटनामा तीन जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

मकवानपुरको मनहरीमा ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएकाे छ ।  दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा  मनहरी गाउँपालिका-३ हाँडीखोलाका २४ वर्षीय राजकुमार प्रजा, ३० वर्षीय वीरमान रुम्बा र मनहरी-४ सालघारीका २० वर्षीय प्रविण प्रजा रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मधेस प्रदेश ०३-००१ त ७१८८ नम्बरको ट्र्याक्टर अनियन्त्रित भइ मनहरी-३ कालीदमारमा गएराति ९ बजे पल्टिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते मनहरी-३ का २४ वर्षीय अमृत प्रजा र ४५ वर्षीय जोखलाल प्रजाको चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । 

Skip This
Skip This
Logo