भारी मतान्तरले विजयी भएपछि स्वर्णिम वाग्लेले भने- ‘जनताको यो गुन विकास गरेर तिर्छु’

भारी मतान्तरले विजयी भएपछि स्वर्णिम वाग्लेले भने- ‘जनताको यो गुन विकास गरेर तिर्छु’

केन्द्रबिन्दु
0
Shares

तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा स्वर्णिम वाग्लेले मतदाताको गुन विकास गरेर तिर्ने बताएका छन् । 

मङ्गलबार बिहान सम्पन्न उपनिर्वाचनको मतगणनापछि मुख्य निर्वाचन कार्यालयले आयोजना गरेको प्रमाणपत्र वितरण कार्यक्रममा मन्तव्य व्यक्त गर्दै वाग्लेले भने, ‘जनताले दिएको मतको गुन यहाँको विकास गरेर तिर्नेछु ।’ आफूले तनहुँको मात्र नभई देश विकासका मुद्दा पनि उठाउने उनको भनाई छ । 

वाग्लेले नीति, क्षमता सही भएको खण्डमा देश विकास सम्भव रहेको जनाउँदै सामूहिक प्रयासलाई इमानदारीपूर्वक निभाउने बताए । देश विकास गर्ने हुटहुटीले आफूहरू आएको जनाउँदै उनले भने, ‘सबैको सामूहिक प्रयत्नबाट मात्र देश विकास हुन्छ ।’ 

अन्तिम मतगणनाअनुसार वाग्लेले ३४ हजार नौ सय ११ मत प्राप्त गरेका छन् । वाग्लेको प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार एक सय २२ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा (एमाले)का सर्वेन्द्र खनालले आठ हजार चार सय ८८ मत प्राप्त गरे । 

निर्वाचनमा ६५ हजार तीन सय १६ मत खसेकामा ६४ हजार एक सय ३५ मत सदर भएको थियो भने एक हजार एक सय ८१ मत बदर भएको थियो । तनहुँ–१ का प्रतिनिधिसभा सदस्य नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएपछि रिक्त यो स्थानमा आइतबार निर्वाचन भएको थियो ।

Skip This
Skip This
Logo