मोरङमा आफ्नै साथीलाई कुटपिट गरी हत्या गर्ने प्रयास गरेको आरोपमा १३ जना बालिका पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मिक्लाजुङ गाउँपालिका -३ मा रहेको कालिका माध्यमिक विद्यालयमा अध्ययनरत १४ वर्षिया बालिकामाथि निर्घात कुटपिट गरी हत्याको प्रयास गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।
सो कुटपिटको भिडिओसमेत बनाएर सामाजिक सञ्जालमा सम्प्रेषण गरेपछि भाइरल भएको थियो । त्यसपछि घटनामा संलग्न सोही विद्यालयमा अध्ययन गर्ने १३ जना बालिकाहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता रञ्जनकुमार दाहालले जानकारी दिए ।
प्रहरीले उनीहरुमाथि मोरङ जिल्ला अदालतबाट ज्यान मार्ने उद्योगमा ५ दिनको म्याद थप गरी अनुसन्धान थालेको छ । सामूहिक घटना भएकोले यस बारेमा गम्भीररूपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया