एसिसी प्रिमियर कपअन्तर्गत आज भएको खेलमा यूएईले बहराइनलाई ११६ रनमा अल आउट गरेको छ । बहराइनलाई सस्तैमा समेट्ने क्रममा यूएईका आयन खानले बहराइनविरुद्ध घातक बलिङ गर्दै ५५ डट बल सहित ७ मेडन राख्दै ६ रन मात्र खर्चेर ४ विकेट लिए । यस्तै रोहन मुस्तफा र कार्तिक मयाप्पनले समान दुई–दुई विकेट लिए।
टस जितेस पहिले ब्याटिङ रोजेको बहराइनका लागि मोहम्मद योङनिस, अलि डावद बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेन । बहराइनका ३ खेलाडी जुनेड एजाज, सोहेल अहमद र रिजवान वटले खाता नै नखोली शुन्यमा आउट भए ।
समूह बी मा युएई ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । बहराइन ३ खेलमध्ये १ मा जित र १ मा हारसहित ३ अंकका साथ चौथो स्थानमा छ । युएई यस खेलमा विजयी हुँदा सेमिफाइनलमा पुग्नेछ । पराजित हुँदा युएई बाहिरिनेछ । बहराइन विजयीहुँदा भने सेमिफाइनलमा पुग्न कुवेत र हङकङबीचको नतिजा पर्खनु पर्ने हुन्छ ।





























प्रतिक्रिया