एमाले अध्यक्ष ओली सहभागी कार्यक्रममा भएकाे झडपबारे गृहमन्त्रीले दिए जवाफ

एमाले अध्यक्ष ओली सहभागी कार्यक्रममा भएकाे झडपबारे गृहमन्त्रीले दिए जवाफ

केन्द्रबिन्दु
0
Shares

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सहभागी कार्यक्रममा ढुंगामुढा गर्नेलाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन् । 

बुधबार झापाको बुद्धशान्ति गाउँपालिकाले अध्यक्ष ओलीसँग आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमस्थल बाहिर प्रहरी र प्रदेशको नाम कोशी राखिएकोप्रति विरोध गरिरहेको समूहबीच झडप थियो । सो क्रममा प्रदर्शनकारीहरुले हानेकाे ढुंगा लागेर दुई प्रहरी पनि घाइते भएका थिए । 

सो घटनाबारे आजको प्रतिनिधि सभा बैठकमा एमाले प्रमुख सचेतक पदम गिरीले सत्तापक्षभित्रै कार्यकर्ता घुसपैठ गरिएको भन्दै आपत्ति जनाएका थिए ।त्यसलगत्तै बैठकमा उपप्रधानमन्त्री श्रेष्ठले कोशी नामकरणको विरोध गर्ने समूहले कालोझण्डा प्रदर्शन र ढुंगामुढा गर्ने प्रयास गरेको र त्यसमा संलग्नलाई पक्राउ गरिएको बताएका हुन् । साथै उनले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएर ओली इलामतर्फ प्रस्थान गरिसकेको पनि जानकारी दिए । 

झापामा एमालेका अध्यक्ष ओली सहभागी कार्यक्रममा झडप

Skip This
Skip This
Logo