ए डिभिजन लिगमा आज दुई खेल हुँदै

ए डिभिजन लिगमा आज दुई खेल हुँदै

केन्द्रबिन्दु
0
Shares

सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदैछन्। लिगको १३ औँ चरण अन्तर्गत बिहीबार दुई खेलहरु हुनेछन् । जसमा एक खेल दशरथ रंगशाला र एक खेल एन्फा कम्प्लेसमा हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा एफसी खुमलटार र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । खुमलटार र पुलिसबीचको खेल साँझ ६ बजे सुरु हुनेछ। यस्तै एन्फा कम्प्लेक्समा फ्रेन्ड्स क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । फ्रेन्ड्स र एपीएफबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

Logo