चौँथो अन्तर्राष्ट्रिय चिया महोत्सव सुरु, विदेशी चिया व्यापारीलाई इलाम घुमाइने

चौँथो अन्तर्राष्ट्रिय चिया महोत्सव सुरु, विदेशी चिया व्यापारीलाई इलाम घुमाइने

केन्द्रबिन्दु
0
Shares

अन्तर्राष्ट्रिय बजारमा स्वदेशी चियाको प्रवर्द्धन  गर्ने उद्देश्यका साथ चौँथो अन्तर्राष्ट्रिय चिया महोत्सव सुरु भएको छ। 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय चिया तथा कफी विकास बोर्डको संयुक्त आयोजना अन्तर्राष्ट्रिय चिया महोत्सवको आयोजना गरिएको हो। 

बुधबार बोर्डले काठमाडौँमा चियाको स्वाद परीक्षण कार्यक्रम गर्दै विदेशी चिया व्यापारीलाई इलाममा स्थलगत भ्रमणसमेत गराइने जनकारी दिएको छ।

भोलि र पर्सि व्यापारीलाई इलामको चिया वगानको अवलोकन तथा चिया उद्योगको भ्रमण गराउनका साथै चिया परीक्षणसमेत गरिनेछ।
महोत्सव काठमाडौँ र इलाममा हुनेछ भने रुस, दुबई, चीन, अमेरिका, जापानका चिया व्यापारी महोत्सवमा सहभागी छन् । 

Skip This
Skip This
Logo