इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर र टोटनहम बराबरीमा रोकिए

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर र टोटनहम बराबरीमा रोकिए

केन्द्रबिन्दु
0
Shares

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र टोटेनहम हटस्पर बिचकाे खेल बराबरीमा टुंगिएको छ। बिहिवार राती भएको खेलमा म्यान्चेस्टर युनाइटेड र टोटेनहमले २-२ गोलको बराबरीमा आफनो खेल टुंग्याएका हुन् । 

लन्डनस्थित टोटेनहम हटस्पर स्टेडियममा भएको खेलको ७ औं मिनेटमा म्यानचेस्टरका जेडान सान्चोले सुरुवाती गोल हानेका थिए भने ४४औँ मिनेटमा मार्कस रासफर्डले थप गोल गरे पछि म्यान्चेस्टरलाई पहिलो हाफमा नै २-० को सफलता मिल्न पुगेकाे थियाे। 

तर, उसको सो सफलता भने लामो समयसम्म कायम रहन सकेन् । दोस्रो हाफको ५६ औं मिनेटमा पेड्रो पोरोले गोल गर्दै घरेलु टोली टोटेनहमलाई २-१ को स्थीतिमा फर्काउन सफल भए भने ७९औँ मिनेटमा कप्तान ह्यारी केनको पासमा ह्युङ मिन सनले गोल गर्दै खेललाइ बराबरीमा ल्याइदिए । त्यसपछि कुनै टिमवाट गोल हुन नसक्दा अन्ततः खेल २-२ को बराबरीमा रोकिन पुग्यो ।   

यस खेलसँगै युनाइटेड ३१ खेलबाट ६० अंक बटुलेर चौथो स्थानमा रहेको छ भने दुई खेल बढी खेलेकाे टोटेनहम ३३ खेलबाट ५४ अंक बटुल्दै पाँचौं स्थानमा छ ।

Skip This
Skip This
Logo