विद्यालयमा राजनीति गर्नु अपराध हो : मेयर बालेन शाह

विद्यालयमा राजनीति गर्नु अपराध हो : मेयर बालेन शाह

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ महानगरपालिकाको शिक्षा विभागमा अनेरास्ववियु (क्रान्तिकारी)ले गरेको तालाबन्दी महानगरका अधिकारीले फोडेका छन्।

महानगरका मेयर बालेन शाहले ‘अमूक दलगत शैक्षिक संगठनको दुष्प्रयास यथाशीघ्र ताला फेरेर विफल पारेको’ बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले दलगत शैक्षिक संगठनको आडमा विद्यालयमा राजनीति गर्नु अपराध भएको उल्लेख गरेका छन्।

“विद्यालय पढ्ने ठाउँ हो। हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पनासम्म गर्न सक्दैनौँ। त्यसमाथि पनि दलगत शैक्षिक संगठनको आडमा विद्यालयमा राजनीति गर्नु अपराध नै हो,” उनले फेसबुकमा लेखेका छन्, “यसै सन्दर्भमा काठमाडौँ महानगरपालिकाले विद्यालयमा राजनीतिक गतिविधि वर्जित गरिएको सूचनाको विरोध गर्दै एक अमूक दलगत शैक्षिक संगठनले ताला लगाउने दुष्प्रयास यथाशीघ्र ताला फेरेर विफल पारेको छौँ।”

Skip This
Skip This
Logo