आजको एक दिन विश्वभरिका मानिसहरु तथा विभिन्न क्षेत्रमा रहेका कामदारको स्वास्थ्य सुरक्षाका लागि विशेष मानिन्छ। त्यसैले आज काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस संसारभर मनाइँदै छ।
नेपालमा पनि स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाले विविध कार्यक्रम गरेर काममा सुरक्षा र स्वास्थ्यको प्रत्याभूतिको लागि यो दिवस मनाउँदै छन् ।
यस्तै आज विश्व हाँसो दिवस पनि हो। यो दिनले मानव जीवनमा हाँसोको आवश्यकता, महत्व र फाइदालाई इङ्गित गर्छ। त्यस्तै मानव विकास,सकारात्मकता एवं विश्वभरि मित्रतालाई प्रगाढ बनाउने र स्वास्थ्यको लागि चेतना फैलाउने उद्देश्यले विश्व हाँसो दिवस मनाउने गरेको पाइन्छ।
यसै पनि मानिसको स्वास्थ्यको लागि हाँसो औषधी सरह मानिन्छ। हाँसोले शारीरिक र मानसिक तनाव हटाउन मद्धत गर्नुका साथै व्यक्तिको रोगप्रतिरोधात्मक क्षमता बढाउन पनि सहयोग पु-याउने योग विज्ञान र मेडिकल साइन्सले विश्वास गर्छ।
हाँस्नाले तनाव हार्मोनलाई घटाउँछ। व्यक्ति तनाव मुक्त रहनका लागि पनि हाँस्न जरुरी छ। त्यसैले प्रतिदिन १० देखि १५ मिनेटसम्म हाँस्नु व्यक्तिको शारीरिक र मानसिक स्वास्थ्यको विकासका दृष्टिले आवस्यक र फाइदाजनक रहेको योग गुरुहरुको भनाई छ।





























प्रतिक्रिया