नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको उपनिर्वाचनको मतपरिणामले मुख्य राजनीतिक दलहरूलाई चुनौती दिएको बताएका छन्।
शुक्रबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले मुख्य राजनीतिक दलहरूलाई अहिले आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन्।
‘जनताले अहिले चाहेको कुरा पारदर्शिता,सुशासन, सामूहिकता, जनतालाई सहज सेवा, जनताको पीरमर्काको सम्बोधन,राजनीतिमा भएको विकृतिहरूबाट उन्मुक्ति, विकास निर्माणमा गति, क्वालिटी, समयमा काम सम्पन्न गर्नुपर्ने, अन्याय अत्याचार गर्नेहरूमाथि कारवाही गर्न चाहेका छन्’, उनले भने।
उनले उपनिर्वाचनमा प्राप्त भएको परिणामले मुख्य राजनीतिक दललाई चुनौती दिएको र अहिलेपनि नसच्चिए आउने दिन सजिलो नहुने बताए।































प्रतिक्रिया