संसद‍्मा स्वर्णिमको पहिलो सम्बोधनः जनताको भरोसालाई डगमगाउन दिन्नँ

संसद‍्मा स्वर्णिमको पहिलो सम्बोधनः जनताको भरोसालाई डगमगाउन दिन्नँ

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सांसद स्वर्णिम वाग्लेले आफूलाई उपनिर्वाचनमा जिताउने तनहुँ -१ का मतदातालाई धन्यवाद व्यक्त गरेका छन्। 

शुक्रबार सांसद पदको सपथ लिएलगत्तै बसेको संसद बैठकमा पहिलोपटक सहभागी जनाउँदै वाग्लेले तनहुँवासीको स्नेह, भरोसा र स्नेहलाई डगमगाउन नदिने प्रतिबद्धता जनाएका हुन् । 

‘आजै मात्रै शपथ लिएको छु। नवनिर्वाचित सांसद हुँ। हालै निर्वाचनमा मलाई भारी मत र मतान्तरसहित विजयी बनाएर प्रतिनिधिसभामा पठाउनु भएका तनहुँ क्षेत्र नम्बर १ का मतदाताप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। उहाँहरूको स्नेह,विश्वास र भरोसलाई म डगमगाउन दिने छैन।’ उनले भने । 

सो क्रममा सांसद वाग्लेले तनहुँ जिल्ला हुँदै पोखरा पुग्ने पृथ्वी लोकमार्ग विस्तार भइरहँदा सर्वसाधारणको दैनिकीमा असुविधा पनि ल्याएको र त्यसको समाधान खोज्न पनि आग्रह गरेका थिए । 

Skip This
Skip This
Logo