नेपाली कांँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हात्ती आतंक नियन्त्रणका लागि बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै महामन्त्री शर्माले झापामा हात्ती आतंक नियन्त्रण हुनेगरी आगामी आर्थिक वर्षमा बजेटको व्यवस्था गर्न र पीडित परिवारलाई तत्काल राहतको व्यवस्था माग गरेका हुन् ।
उनले भने, ‘हात्तीको समस्या निकै बढेको छ । ७० वर्षीय भीमलाल भट्टराई हात्तीको आक्रमणबाट मारिनु भएको छ । यो वर्ष त्यो वडामा तीन जना मरेका छन् । यहि क्रममा सरकार आगामी बजेटको तयारीमा छ । सिंचाई ,कृषि र वन मन्त्रालयलाई मेरो आग्रह छ । राज्यको आँखा खोलियोस् ।’
झापाको खारखोलामा हालसालै मात्रै पनि हात्तीको आक्रमणमा परी ७० वर्षीय ज्येष्ठ नागरिक भीमलाल भट्टराईको ज्यान गएको थियो । झापा जिल्लालाई हात्ती आतंकबाट मुक्त गराउने गरी आवश्यक बजेटको व्यवस्था गर्न उनले सरकारसँग माग गरे ।
महामन्त्री शर्माले झापामा मौरी पालनका लागि पनि बजेटको विशेष व्यवस्था गर्न समेत सरकारसँग माग गरे ।































प्रतिक्रिया