संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्ने बताएका छन् ।
शुक्रबार होटल व्यवसायी महासंघ र पर्यटन बोर्डद्वारा आयोजित पौवामा आयोजित होटल शेवा व्यवस्थापन सम्बन्धी तालिम उद्घाटन कार्यक्रममा मन्त्री किराँतीले जनताको लोकप्रिय मत कदर गर्न लामिछानेलाई रोजेको मन्त्रालय दिन सरकार तयार हुनुपर्ने बताएका हुन् । त्यसका लागि आफू जुनसुकै त्याग गर्न पनि तयार रहेको उनको भनाई छ।
‘जनताले रवि लामिछानेलाई लोकप्रिय मत दिएका छन् । यो जनमतको सम्मान गर्न अब रविले रोजेको मन्त्रालय दिनुपर्छ । त्यसको लागि मैले के त्याग गर्नुपर्छ तयार छु ।’ उनले भने ।
साथै मन्त्री किराँतीले निर्वाचनमा रास्वपाले पाएको मत ठूला दलप्रतिको जनताको आक्रोश भएको बताए । राजनीतिको नाममा मुलुक धेरै विभाजित भएको भन्दै उनले यो संकटबाट मुक्त गर्न सबै मिलेर राष्ट्रिय सहमतिको सरकार गठन गर्नपुर्ने पनि उनको भनाई थियो ।































प्रतिक्रिया