रवि लामिछानेकाे प्रश्नः सांसद कोइरी फरार अभियुक्त हो, बिरामीको सूचीमा किन ?

रवि लामिछानेकाे प्रश्नः सांसद कोइरी फरार अभियुक्त हो, बिरामीको सूचीमा किन ?

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं नवनर्विाचित सांसद रवि लामिछानेले फरार रहेका सांसद लक्ष्मी महतो कोइरीलाई बिरामीको सूचीबाट तत्काल हटाउन माग गरेका छन्।

शुक्रबार बसेको संसद बैठकमा सभापति लामिछानेले एमालेका फरार सांसद कोइरी फरार अभियुक्त रहेको टिप्पणी गर्दै बिरामीको सूचीबाट तत्काल हटाउन विशेष निर्देशनको माग गरेका हुन् । उनले भने, ‘उहाँ (सांसद कोइरी) बिरामी हैन, फरार अभियुक्त हो। उहाँ फरार रहँदा उहाँको सालोले भगाएको र त्यहाँको प्रहरीले नियन्त्रण लिएको तस्बिरसहित मसँग छ।’

अभियुक्तलाई विरामी भएको भनेर फरार गर्ने हो भने लोकतन्त्रका लागि यो भन्दा ठूलो मजाक केही नहुने उनको भनाई छ । ‘राजनीतिका नाममा लाजनीति संसदमा नचलोस् । विरामीको संज्ञा दिएर भद्धा मजाक नगरियोस् ।’ उनले ।

कोइरीको विषयलाई लिएर विवाद भएपछि हाल संसद बैठक आधा घण्टालाई स्थगित भएको छ । लगातार २१ वटा बैठकमा अनुपस्थित उनलाई सभामुखले विरामी भएको जानकारी गराएपछि एमालेबाहेकका सांसदले उठेर विरोध जनाएका छन् ।

Skip This
Skip This
Logo