कार्यवाहक राष्ट्रपति यादवद्वारा सीता जयन्तीको शुभकामना

कार्यवाहक राष्ट्रपति यादवद्वारा सीता जयन्तीको शुभकामना

केन्द्रबिन्दु
0
Shares

कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले जगत् जननीका रूपमा पूजा अर्चना गरिने सीता नेपाल भूमिकी पुत्री हुनु नेपालीका लागि गौरवको विषय भएको बताएका छन् ।

सीता जयन्तीका अवसरमा आज शुभकामना दिँदै उनले माता सीतालाई धैर्य, सहनशीलता र उदारताकी प्रतिमूर्तिका रूपमा लिइने जनाएका छन् ।

उनले मिथिलाकालीन सभ्यतादेखि नै समाजमा महिलाको स्थान उच्च राख्न मार्गदर्शन गर्ने आदर्श नारीका रूपमा समेत सीतालाई श्रद्धा गरिने उल्लेख गरेका छन् ।

यस अवसरमा लैङ्गिक विभेदलगायत सबै प्रकारका सामाजिक र सांस्कृतिक विभेदको अन्त्य गर्दै प्रगतिशील, सभ्य र सुसंस्कृत समाज निर्माणका लागि सबैमा निरन्तर प्रेरणा प्रदान गरोस् भनी उनले कामना गरेका छन् ।

कार्यवाहक राष्ट्रपति यादवले यस अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको कामना गरेका छन् ।

Skip This
Skip This
Logo