निरा आचार्य हत्या प्रकरणमा शंकाष्पद एक जना झापाबाट पक्राउ

निरा आचार्य हत्या प्रकरणमा शंकाष्पद एक जना झापाबाट पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौँको कपनमा निरा आचार्यको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले  एक जनालाई पक्राउ गरेकाे छ । आचार्यको हत्या गरेको आरोपमा प्रहरीले झापाका विनोद विकलाई पक्राउ गरेको हो । 

८ वैशाखमा कपनस्थित सरस्वतीनगरमा सञ्चालन गरिएको भाँडा पसलभित्रै अन्धाधुन्ध चक्कु प्रहारबाट बाग्लुङ बडिगाड गाउँपालिकाकी ३५ वर्षीया आचार्यको हत्या भएको थियो । 

उनले सरस्वतीनगरमा ‘निरु किचेन’ नामको भाँडा पसल चलाउँदै आएकी थिइन् । दिउँसो ३ बजेतिर आचार्यले सञ्चालन गर्दै आएको भाँडा पसलकै काउन्टरमा उनको घाँटी तथा शरीरका विभिन्न भागमा चक्कु प्रहार गरेर हत्या गरिएको थियो ।  

आरोपीको विस्तृत विवरण खुलिसकेको छैन । घटनाबारे  थप अनुसन्धान भइरहेकाे छ । 

Logo